२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा बढ्दाे अपराधिक क्रियाकलाप, सक्रिय चिनियाँ नागरिक

प्रकाशित मिति :  २ भाद्र २०८०, शनिबार १२:३४


काठमाडौं । कुन देशको नागरिक नेपाल आएर धेरै अपराधिक गतिविधि गर्छ होला ? यो प्रश्नको सहज जवाफ कोहिले दिन सक्छन् भारतिय नागरिक ।

किनकि भारतिय नागरिकलाई नेपाल आउजाउ गर्न सहज छ । जो जुन सुकै वेला पनि नेपाल आउन सक्छन् । कसैले रोक्न छेक्न सक्दैनन् ।

तर पछिल्लो तथ्यांक हेर्दा नेपाल आएर अपराधिक गतिविधि गर्नेहरुको संख्या भारत पछि चीन दोस्रो नम्बरमा रहेको पाइएको छ ।

चिनियाँ नागरिकलाई नेपाल आउन भारतिय नागरिक जस्तो सहज छैन तर, तेति धेरै गाह्रो पनि छैन ।

सजिलै भिसा लगाएर नेपाल आउन पाउने चिनियाँ नागरिक केहि पछिल्लो समय अपराधिक गतिविधिमा पनि सक्रिय रहेकाे पाइएकाे छ ।

चोरी, जबरजस्ती करणी, वैवाहिक बलात्कार र वन्यजन्तुको छाला ओसार पसार लगायतका अपराधिक क्रियाकलापमा चिनियाँ नागरिक सक्रिय रहेको पाइएको हाे ।

२०७६ सालमा नेपालमा अपराधिक मानसिकता बोकेका चिनियाँ नागरिकले बैंकको एटिएम फोरी रकम चोरी समेत गरेका थिए । कल सेन्टरमा पनि चिनियाँ नागरिकले नै अपराधिक क्रियाकलाप गरेका थिए ।

अहिले नेपालमा सुन प्रक्ररण उच्च तहमा पुगेको छ । सुन प्रकरणमा पनि नेपालमा चिनियाँ नागरिकको मिलोमतो भएको पाइएको छ ।

सुन प्रकरणमा चिनियाँ नागरिक अहिले धमाधम पक्राउ परिरहेका छन् ।

अहिले नेपालकाे कारागारमा रहेका चिनियाँ नागरिकको संख्या ४० रहेको छ ।



प्रतिक्रिया दिनुहोस !