२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज चिनियाँ सेनाको एक टोली नेपाल आउँने

प्रकाशित मिति :  ३१ श्रावण २०८०, बुधबार ०३:१७


काठमाडौं । आज चिनियाँ सेनाको एक टोली नेपाल आउँने भएकाे छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।

चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको हाे ।

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने बताइएकाे छ । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने अनुमान लगाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !