२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको जिलिनमा भीषण वर्षाका कारण एक जनाको ज्यान गयाे, चार जना बेपत्ता

प्रकाशित मिति :  २० श्रावण २०८०, शनिबार ०७:४४


चीन । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको ज्यान जानुका साथै चार जना बेपत्ता भएका छन् ।

बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् ।
शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

दिउँसो ३:०० बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो ।
-रासस



प्रतिक्रिया दिनुहोस !