५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले तीन लाख सोह्र हजार भ्रष्टाचार मुद्दा छानविन

प्रकाशित मिति :  ७ श्रावण २०८०, आईतवार ०५:२४


बेइजिङ । चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । ती मध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ ।

अनुसन्धानका क्रममा एक लाख ७० हजार वटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरुपण गरेका छन् ।
–रासस



प्रतिक्रिया दिनुहोस !