५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति :  ४ श्रावण २०८०, बिहीबार १०:०७


काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ ।

सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । त्यसबेला उहाँ अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार हुनुहुन्थ्यो ।

एकसय वर्षीय किसिञ्जरको यो एकसयाँै चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो ।

विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयाँै जन्मदिवस मनाउनुभएको थियो । जन्मदिवस मनाएपछिको यो उहाँको एकसयाँै चीन भ्रमण हो ।
–रासस



प्रतिक्रिया दिनुहोस !