५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

करोडौं रुपैयाँ ठगेर धनकुटाकी कोपीला देवाङ फरार

प्रकाशित मिति :  १ श्रावण २०८०, सोमबार १०:२२


काठमाडौं । धनकुटाकी कोपिला देवाङ विभिन्न व्यक्तिको करोडौ रुपैयाँ ठगरेर फरार रहेकी छिन् ।

देवाङले विभिन्न व्यक्तिको गरेर तीन करोड पचास लाख रुपैयाँ ठगेर करिब ६ वर्ष देखी सम्पर्क विहिन भएकि हुन् ।

पिडितहरुले आफ्नो पैसा दिलाईदिनु पर्‍याे भनेर प्रहरी कहाँ पुगेपछि, उनी माोवाइल स्विच अफ गरेर फरार छिन् ।

पीडित पक्षका एक व्यक्तिका अनुसार कोपिलाले विभिन्न बहान बनाएर पैसा लिएकाे र दिने वेला आएपछि आज, भोली, पर्सी एक महिना, दुई महिना, ६ महिना भन्दै भाका सारेर पैसा फिर्ता नगरि सम्पर्क विहिन रहेकि छिन् ।

विभिन्न वहाना बनाएर धेरै जनासँग पैसा लिएकि कोपिलाले केहि रकम कुनै क्षेत्रमा लगानी गरेको र केही पैसा चाहिँ अरु कसैलाई दिएको पाईंएको छ ।

कोपिलाको पछिल्लो पटककाे भाका असार १५ गतेकाे दिएकाे तर उनले साे समयमा पैसा फिर्ता नदिएकाे पीडितकाे भनाइ छ ।

पीडितका अनुसार काेपिलाले असार १५ सम्म पैसा दिन नसके पैसाकाे बारेमा सबै कुरा बताउने साथै उनले पैसा दिएकाे तेस्राे व्यक्ति (पर्टनर) लाई भेटाउँछु समेत भनेकी थिइन ।

पीडितका अनुसार काेपिलाले त्यति मात्र हाेइन, यदि त्यति गर्दा पनि पैसाकाे चाजाेपाजाे नमिले आफ्नाे नाममा रहेको चार ठाँउको जग्गा बेचेर भएपनि रुपैयाँ भुक्तानी गर्ने बताएकी थिइन ।

तर कसै गरेपनि पैसा नउठेपछि पीडीत पक्ष कानुनी उपचारम जादाँ, प्रहरीले फोन गर्दा अन नै रहेकाे माेवाइल साेही दिन देखि अफ रहेको पाइएको छ ।

‘एउटै जिल्लाका मानिस हामी, विभिन्न बहाना बनाएर रुपैयाँ पैसा माग्नुभयो, छर छिमेकको सम्वन्धमा दिदि भन्थ्याैं, पत्यायौ । उनलाई विश्वास गर्दा हामी जोगि भयौं’ पीडित लोकेन्द्र कटुवाल भन्नुहुन्छ ।

लाेकेन्द्र सहित अन्य पीडितलाई पनि यस्तै विश्वासम पारेर ठूलाे मात्रमा पैसा लगेकाे अन्य पीडितहरुकाे भनाइ छ ।

काेपीला सँग काराेबार गर्ने लोकेन्द्रसहित सुरेखा थापा, शारदा कार्की, झमक कटुवाल हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !