२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले अमेरिकालाई घुँडा टेकायो, भारत अत्यासमा

प्रकाशित मिति :  २७ असार २०८०, बुधबार ०७:३९


काठमाडौं । अमेरिकालाई चीनले बेला बेलामा झड्का दिदै आईरहेको छ । तर यो पटक भने अमेरिकालाई चीनले ठूलै झड्का दिएको छ । अघोषित रुपमा चीनले भारतलाई पनि ठूलै झड्का दिने खालको काम गरेको छ ।

अहिले विश्वमा डिजेल, पेट्रोल जस्ता इन्धनबाट चल्ने सवारी साधनले विस्थापनको रुप लिदै गर्दा चीनको निर्णयले अमेरिका, भारत लगाएत विश्वका अन्य शक्ति राष्ट्रमा ठूलै झड्का लाग्ने अनुमान गरिएको छ ।

भएको के हो ?

चीन खनिज नै खनिजको देश हो । खनिजले नै आत्मा निर्भर भएको देश मानिन्छ चिन । चीनबाट खनिज अमेरिका निर्यात भइरहेको थियो । तर, अब चीनबाट अमेरिका खनिज जाने छैन । अमेरिका जाने खनिजमा चिनले रोक लगाएको छ । जसले गर्दा अमेरिका तरंगित बनेको छ । यसमा अमेरिका मात्र होइन भारत पनि झस्किँएको छ ।

चीनले अमेरिकाको लागी अत्यन्तै उपयोगि केही खनिजमा जव प्रतिवन्ध लगायो तव अमेरिका चकित पर्यो । ती खनिज हुन्, लिथियम र कोवार्ट । जुन आजको विश्वलाई अत्यन्तै उपयोगि हो ।

अमेरिकाले सधैं शक्तिमा रहनको लागि यो खनिजको आवाश्यकता भन्दा वढी आयाय गरिरहेको थियो । चीनबाट अमेरिकाले आयात गर्ने यी खनिज सौर्य सोलार देखि विद्युतिय सवारी साधनमा लगाउने व्यट्री साथै अन्य निकै कामका लागि प्रयोगमा आउँछन् । जसको माग अमेरिकामा निकै ठूलो मात्रमा थियो ।

यी खनिज चीनमा मात्र पाइँदैनन् । तर, विश्वभर पाइने खनिजको हिसाबमा दुई तिहाई भन्दा बढि खनिज चीनमा नै बन्छ ।

लिथियम इलेक्ट्रिक कारको लागि सबैभन्दा बढी महत्वपूर्ण खनिज हो । एल्वोनियम पनि चीनमा ठूलो परिणममा पाईन्छ । विश्वको हिसाब गर्दा एल्वोनियम चीनमा ६० प्रतिशत पाईन्छ । एल्वोनियम व्यट्री बनाउनको लागि एकदमै महत्वपूर्ण खनिज हो ।

चीनमा नै पाइने अर्को महत्वपुर्ण खनिज पोलिसिलिकन हो । यो सोलार प्यानल बनाउन निकै उपयोगि हुन्छ ।
अहिलेको विश्वमा जतिपनि डिजिटल चीजहरु बन्छन ती सबैमा यी खनिजको प्रयोग हुन्छ ।
खनिज नै खनिजको खानी देश चीनले अमेरिकालाई दिँदै आएको खनिज रोक्नुमा विश्व नै अतालिएको छ ।

यदी चीनले खनिज निर्यातमा रोक लगायो भने, इलेक्ट्रीक गाडीमा विश्वमै चीनले वर्चश्व जमाउने निश्चित देखिन्छ ।

भारतको किन टाउको दुखाई

चीनले अमेरिकालाई मात्र होइन, भारतलाई पनि आवाश्यक मात्रामा खनिज निर्यात गर्दै आईरहेको छ ।

अमेरिकाको टाउको दुख्दा भारत जहिल्यै मल्हम बनेर साथ दिदैँ आईरहको छ । तर, अमेरिकालाई खनिजमा चीनले प्रतिवन्ध लगाएपछि भारत पनि डराएको छ ।

भारत पनि विश्वमा इलेक्ट्रीक आईटम सवारी साधनमा प्रसिद्ध र प्रविधिमा चाँडो फड्को मार्दै गरेको देश हो ।

यदि चीनले भारतलाई खनिजमा प्रतिवन्ध लगायो भने भारतको इलेक्ट्रोनिक वस्तु तथा सवारी व्यापार निकै खस्कने आकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !