६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीमा कम्पनीको प्रदेश र शाखा कार्यालय संचालनमा नेपाल बीमा प्राधिकरणले कडाई

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार ०६:२०

बीमा प्राधिकरणले बीमा कम्पनीको प्रदेश र शाखा कार्यालय संचालनमा गर्याे कडाई

काठमाडौं । बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा नेपाल बीमा प्राधिकरणले कडाई गरेकाे छ ।

बीमा कम्पनी चुस्त दुरुस्त राख्नकाे लागी विमा प्राधिकरणाले कडाइ गरेकाे हाे ।

नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।

प्राधिकरणको यसअघिको नियम खुकुलो भएको कारण आफूहरुलार्य पायक पर्ने स्थान एवं सुगम जिल्लाहरुमा मात्रै शाखा कार्यालय खोल्ने हुँदा बीमितले दुख पाउने गरेको थियो। बीमितलाई सबै क्षेत्रमा सुविधा दिन यस निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कार्यालय स्थानान्तरण गर्दा, बन्द गर्दा वा गाभ्दा सेवाग्राहीलाई पर्न सक्ने असर, समाधान तथा व्यवस्थापनका उपाय सहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
तत्काल बहाल रहेका जनशक्तिको व्यवस्थापनको कार्ययोजना, कार्यालय स्थानान्तरण गर्दा वा गाभ्दाको हकमा यसरी स्थानान्तरण भए पछि वा गाभिए पछि कायम हुने कर्मचारीहरुको पद तथा सङ्ख्या सहितको विवरण समेत प्राधिकरणमा पेश गनुपर्ने उल्लेख गरेको छ ।

प्राधिकरणले कार्यालयको सङ्गठनात्मक स्वरूप, कर्मचारी र भौतिक पूर्वाधार यस निर्देशिका बमोजिम खोलिने बीमकको प्रदेश, शाखा, उपशाखा कार्यालयको सङ्गठनात्मक स्वरुप कर्मचारी र भौतिक पूर्वाधार सम्बन्धी व्यवस्था गरेको छ ।

प्रदेश कार्यालयको हकमा कम्तीमा व्यवस्थापकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी गरी कम्तीमा सात जना, शाखा कार्यालयको हकमा कम्तीमा अधिकृत तहको कर्मचारी प्रमुख र अन्य कर्मचारी गरी कम्तीमा पाँच जना र उपशाखा कार्यालयको हकमा कम्तीमा तीन जना कर्मचारी र कार्यबोझ हेरी आवश्यकता अनुसार अन्य अधिकृत तथा कर्मचारी रहने व्यवस्था गरिएको छ।

सूचना आदान प्रदान गर्नको लागि नेटवर्किङ्ग वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयको सूचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था नयाँ निर्देशिकामा उल्लेख रहेको छ।
कार्यालयको व्यवसाय सञ्चालन गर्न आवश्यक व्यवसायिक सफ्टवेयर केन्द्रीय कार्यालयसँग आवद्ध हुनुपर्ने र कार्यालयमा फर्निचर, सूचना प्रविधिका साधन, कार्यालय कक्ष तथा अन्य सामानको पर्याप्त व्यवस्था अनिवार्य हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

बीमा व्यवसायलाई प्रभावकारी तथा विश्वसनीय रुपमा सञ्चालन गर्न आवश्यकता अनुसार कार्यालयमा बीमा अभिकर्ता, सर्भेयर लगायतका अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको व्यवस्था गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ।काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।

नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।

प्राधिकरणको यसअघिको नियम खुकुलो भएको कारण आफूहरुलार्य पायक पर्ने स्थान एवं सुगम जिल्लाहरुमा मात्रै शाखा कार्यालय खोल्ने हुँदा बीमितले दुख पाउने गरेको थियो। बीमितलाई सबै क्षेत्रमा सुविधा दिन यस निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कार्यालय स्थानान्तरण गर्दा, बन्द गर्दा वा गाभ्दा सेवाग्राहीलाई पर्न सक्ने असर, समाधान तथा व्यवस्थापनका उपाय सहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
तत्काल बहाल रहेका जनशक्तिको व्यवस्थापनको कार्ययोजना, कार्यालय स्थानान्तरण गर्दा वा गाभ्दाको हकमा यसरी स्थानान्तरण भए पछि वा गाभिए पछि कायम हुने कर्मचारीहरुको पद तथा सङ्ख्या सहितको विवरण समेत प्राधिकरणमा पेश गनुपर्ने उल्लेख गरेको छ ।

प्राधिकरणले कार्यालयको सङ्गठनात्मक स्वरूप, कर्मचारी र भौतिक पूर्वाधार यस निर्देशिका बमोजिम खोलिने बीमकको प्रदेश, शाखा, उपशाखा कार्यालयको सङ्गठनात्मक स्वरुप कर्मचारी र भौतिक पूर्वाधार सम्बन्धी व्यवस्था गरेको छ ।

प्रदेश कार्यालयको हकमा कम्तीमा व्यवस्थापकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी गरी कम्तीमा सात जना, शाखा कार्यालयको हकमा कम्तीमा अधिकृत तहको कर्मचारी प्रमुख र अन्य कर्मचारी गरी कम्तीमा पाँच जना र उपशाखा कार्यालयको हकमा कम्तीमा तीन जना कर्मचारी र कार्यबोझ हेरी आवश्यकता अनुसार अन्य अधिकृत तथा कर्मचारी रहने व्यवस्था गरिएको छ।

सूचना आदान प्रदान गर्नको लागि नेटवर्किङ्ग वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयको सूचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था नयाँ निर्देशिकामा उल्लेख रहेको छ।
कार्यालयको व्यवसाय सञ्चालन गर्न आवश्यक व्यवसायिक सफ्टवेयर केन्द्रीय कार्यालयसँग आवद्ध हुनुपर्ने र कार्यालयमा फर्निचर, सूचना प्रविधिका साधन, कार्यालय कक्ष तथा अन्य सामानको पर्याप्त व्यवस्था अनिवार्य हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

बीमा व्यवसायलाई प्रभावकारी तथा विश्वसनीय रुपमा सञ्चालन गर्न आवश्यकता अनुसार कार्यालयमा बीमा अभिकर्ता, सर्भेयर लगायतका अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको व्यवस्था गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस !