६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीमा प्राधिकरणमा जागिर खुल्याे

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार ०३:४१


काठमाडौं । नेपाल बीमा प्राधिकरणमा जागिर खुलेकाे छ ।

प्राधिकरणले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम लगायत पदका लागि ३६ जना कर्मचारी मागेको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले शुक्रबार सूचनामार्फत आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा समिति ०७९ कात्तिक २२ गते नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएकाे थियाे । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन, २०७९ कात्तिक २२ बाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।



प्रतिक्रिया दिनुहोस !