५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०५:२१


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासकाे मत लिनुहुने भएकाे छ ।

आज अपरान्ह ४ बस्ने प्रतिनिधि सभाकाे बैठकमा देउवाले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव दर्ता भइसकेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।सचिवालयका अनुसार आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुहुनेछ ।

देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत पाउनुभए प्रतिनिधि सभाको बाँकी अवधि उहाँकै नेतृत्वकाे सरकार चल्ने छ । देउवाले विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन हुन्छ र मुलुकमा चुनाव घोषणा हुनेछ ।

सर्वोच्च अदालतको परामदेश अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता देउवा गत असार २८ गते प्रधानमन्त्री बन्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !