५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवाले आजै विश्वासको मत लिन सक्ने

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०४:०१


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन चाहनुभएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने बारे उहाँले छलफल थाल्नुभएको छ ।

संघीय संसद्को अधिवेशन आजबाट सुरु हुन गइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टी एमालेलाई गद्दारी गर्दै आउनुभएका नेता माधवकुमार नेपालले तत्काल विश्वासको मत लिन देउवालाई दवाब दिनुभएको बझिएको छ । विश्वासको मत लिन जति ढिलाई हुन्छ, आफ्नो पक्षमा रहेका सांसद्को संख्या त्यति घट्ने आशंका माधव नेपालको रहेको छ ।

ढिलाई गर्दा देउवाले विश्वासको मत नै नपाउने अवस्था आउनसक्ने आकलन प्रचण्ड र माधवहरुको रहँदै आएको छ । प्रधानमन्त्री बनेको भोलिपल्ट माधवलाई भेट्न देउवा जानुभएको थियो । सो भेटमा पनि माधवले तत्काल विश्वासको मत लिन भन्नुभएको बुझिएको छ ।

विश्वासको मत नपाएको अवस्थामा देउवाले प्रतिनिधि सभा विघटन गरिदिने चिन्ता प्रचण्ड र माधवहरुको रहँदै आएको छ । यही कारण देउवालाई सकभर आजै विश्वासको मत लिन लगाइँदैछ । माधव नेपाल पक्षले पार्टीलाई गद्दारी गर्दै देउवालाई विश्वासको मत दिने बताइएको छ । गद्दारीको पक्षमा कति सांसद् उभिन्छन् भन्ने अहिलेसम्म अनिश्चित छ ।

प्रतिनिधि सभाको बैठक आज अपरान्ह चार बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस !