५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्च अदालतले किर्ते कागजलाई मान्यता दियाे-केपी ओली

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ११:४३


काठमाडौं । सर्वाेच्च अदालतले किर्ते कागजलाई मान्यता दिएको भन्दै नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले जनमतलाई कुल्चँदै अदालतले अल्पमतलाई सरकार बनाउन परमादेश दिनु आपत्तिजनक भएको बताउनुभएको छ । नेकपा एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले भन्नुभयो– ‘अदालते दलीय संरचना समाप्त गर्ने आधार तयार गरेको छ ।’

न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संबैधानिक इजलास निवेदक र बार एसोसियसनको दवाबमा बनेपछि नै षडयन्त्र सुरु भएको ओलीले बताउनुभयो । फैसला आफ्नो पार्टीको सहमति नभए पनि लोकतन्त्रवादी भएकोले कार्वान्यन गरिसकेको बताउनुभयो ।

ओलीले माइतीघर फिल्मको ‘म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु’ गीतको चर्चा गर्दै ‘म मन्त्री बनाइदिन्छु, म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु’ भान्न थालेका छन् तर पार लाग्दैन् भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !