५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटको ब्ल्याकमेलिङको हतियार बनेको कार्यदल भंग

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०८:४५


काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हतियार बन्दै आएको एमालेको विवाद समाधान कार्यदल भंग भएको छ ।

एमाले स्थायी समितिको आज बसेको बैठकले सो कार्यदल भंग गरेको हो । सो कार्यदलले १० बुँदे सहमति गरेको थियो । सो सहमति सम्पूर्ण रुपमा वरण गर्ने निर्णय गर्दै कार्यदल भंग गरिएको हो ।

सो सहमति अनुसार माधवकुमार नेपालको गुट चल्न तयार नभएपछि कार्यदल भंग गरिएको हो । माधव पक्ष कार्यदललाई जिवित राखेर निरन्तर ब्ल्याकमेलिङ गर्ने पक्षमा रहेको थियो ।

स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदल भंग गरिएको जानकारी दिनुभएको हो ।

आजै माधव गुटका नेताहरुले स्थायी समितिको बैठकमा पुगेर स्थगित गर्न माग गरेका थिए । शेरबहादुर देउवाको मन्त्रिमण्डलमा धेरै भाग माग्न माधव गुटले कार्यदललाई उपयोग गरेको एमालेको बुझाई थियो ।

कार्यदलमा सहमति गर्ने तर पार्टीमा फर्कनुको सट्टा पार्टीलाई भत्काउँदै देउवा र प्रचण्डको सेवामा उद्यत हुने रणनीति माधव गुटले अपनाउँदै आएको थियो । कार्यदललाई जिवित राखिरहने, निरन्तर वार्तामाथि वार्ता गर्ने माधव गुटको रणनीति कार्यदल भंग भएपछि असफल भएको छ । कार्यदललाई देखाएर एमालेसँग वार्ता गर्दैछौं भन्दै शेरबहादुर देउवासँग वार्गेनिङ गर्ने, मन्त्रिमण्डलमा धेरै भाग खोज्नका लागि कार्यदललाई देखाउने काम माधव गुटले गरिआएको थियो ।



प्रतिक्रिया दिनुहोस !