५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस पदाधिकारीकाे बैठक दिउँसो दुई बजे बस्दै

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०७:५१


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार दिउँसो दुई बजे बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सरकारी निवासमा सरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी बैठक सरकारी निवासमा बोलाउनुभएको हो । उहाँ आज बिहान मात्र प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको थियो ।

आजको बैठकमा पार्टीको क्रियाशील सदस्यताको टुंगो लगाउने, पार्टी महाधिवेशन, मन्त्रिपरिषद् विस्तार, गठबन्धन दलसँग सहकार्य लगायतका विषयमा छलफल हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !