५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले स्थायी समिति बस्दै

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०६:५२


काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठकमा सहभागी हुन नेताहरु ललितपुरको च्यासलमा भेला भएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली केही बेर पहिले च्यासल पुग्नुभएको छ । च्यासलमा तुल्सीलाल अमात्य प्रतिष्ठान रहेको छ । सोही भवनमा बैठक बस्न लागेको हो ।

एमालेले अब आफ्ना गतिविधि सो भवनबाट पनि अगाडि बढाउने भएको छ ।

बैठकमा सहभागी हुन स्थायी समितिका सदस्यहरु पुगिसकेका छन् तर माधवकुमार नेपालको समूहमा लागेकाहरु भने यो समाचार तयार पार्दा सम्म पुगेका छैनन् ।

अध्यक्ष ओलीले माधवकुमार नेपाललाई गद्दार भन्दै पार्टीमा फर्कन नदिइने भन्नुभए लगत्तै यो वैठक बस्न लागेको हो । आजको बैठकले पार्टी एकताको पक्षमा विशेष सन्देश दिने बताइएको छ ।

माधवकुमार नेपालको समूहले आफ्नो पार्टीको सरकार गिराएर कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाएपछि पहिलो पटक एमालेको औपचारिक बैठक बस्न लागेको हो । यो बैठक लगत्तै अपरान्ह एमाले संसदीय दलको बैठक पनि राखिएको छ ।

स्थायी समितिका एक सदस्यले सनराइज खबरलाई भने– ‘गद्दार समूह छाडेर कोको आउनुहुन्छ आज भन्ने अनिश्चित छ ।’ उनले माधव नेपाल समूहको नाम अब गद्दार समूह राखिएको पनि बताए । उनको भनाई थियो– ‘अब माधवको गुटको नाम गद्दार गुट या गद्दार समूह हो ।’



प्रतिक्रिया दिनुहोस !