५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विप्लव नेताकाे घर धाउदै

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०६:१२


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) केही दिन यतादेखि सत्तारुढ दलका नेताको घरघरमा धाउन लाग्नुभएको छ ।

केपी ओली शर्मा नेतृत्वको एमाले सरकारको पालामा हिंसाको बाटो छाडि शान्ति प्रक्रियामा आउनुभएका चन्द सरकार परिवर्तनसँगै नेताहरुको घरघरमा धाउन लाग्नुभएको हो ।

सोही क्रममा शुक्रबार उहाँ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको घरमा पुग्नुभएको छ । उहाँलाई भेट्न विप्लव आफ्नो पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई साथमा लिएर भट्टराई निवास सानेपा पुग्नुभएको छ ।

भेटमा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ । सो क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो ।

विप्लव यस अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरमा पनि भेट गर्न पुग्नुभएको थियो । त्यस्तै एमाले नेता माधव कुमार नेपालसँग भेट गर्न उहाँ प्रचण्डलाई समेत लिएर नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !