५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०३:०५


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा एमाले स्थायी कमिटीका सबै सदस्यलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । बैठकमा सहभागी हुन एमालेको माधव पक्षका नेतालाई समेत खबर गरिएको छ ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !