५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १५:१२


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ ।

बैठक दिउँसो ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयो ।

बैठकमा एमाले स्थायी कमिटीका सबै सदस्यलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । नेकपा एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !