५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री देउवासहित चार मन्त्रीले लिए सपथ

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १५:२२


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

उहाँले राष्ट्रपति निवास सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गर्नुभएको हो ।

साँझ ६ बजे नै सपथ ग्रहणको कार्यक्रम राखिएको भए पनि राष्ट्रपतिले देउवालाई नियुक्ति गर्दा नियुक्तिपत्रमा लेखिएको भाषा सुधार गर्नुपर्ने अडान राखेर देउवाले सपथ ग्रहणमा ढिलाई गर्नुभएको थियो । साँझ आठ बजेपछि मात्र सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनुभएका देउवालाई राष्ट्रपति कार्यालयले सोही व्यहोराको पत्र पठाएको थियो । तर देउवाले आफूलाई नियुक्ति गर्दा संविधानको धारा उल्लेख गरी नियुक्ति गर्नुपर्ने अडान राख्नु भएको थियो ।

प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री पद तथा गोपनियताको सपथ गराएपछि गृह मन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ मन्त्री जनार्दन शर्मा र उर्जा मन्त्री पम्फा भुसाललाई राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !