५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवा सरकारमा जाने ४ मन्त्रीको नाम

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १३:०२


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा जाने चार जना मन्त्रीको नाम टुंगो लागेको छ ।

देउवा सरकारमा तत्काल नेपाली कांग्रेसबाट दुई जना र माओवादीबाट दुई जना मन्त्री जाने भएको छन् ।

कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री बन्दै हुनुहुन्छ । त्यसैगरी ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बन्ने हुनुभएको छ ।

माओवादी केन्द्रका जनार्दन शर्मा अर्थमन्त्री हुनुहुने भएको छ । ऊर्जा मन्त्रीमा माओवादी केन्द्रकी पम्फा भुसाल जानुहुने भएको छ ।

गठबन्धनमा रहेको जनता समाजवादी दलले भने मन्त्रालयको टुंगो नलागेको भन्दै मन्त्री हुनेको नाम दिएको छैन । राजमोले सरकारमा जाने नजाने विषयमा नै निर्णय गरेको छैन ।

 



प्रतिक्रिया दिनुहोस !