५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीले सामना गर्नुपरेका अवरोध

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १०:०७


काठमाडौं । निवर्तमान हुन लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विभिन्न प्रवृत्तिको सामना गर्नुपरेको तथा सिकार हुनुपरेको बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आफूले निम्न प्रवृत्तिको सामना गर्नुपरेको बताउनुभयो–

– काम गर्दा पटकपटक आफ्नै भित्र र बाहिरबाट सिर्जित अवरोध
– घेरावन्दी
– षडयन्त्र
– सरकारलाई काम गर्न नदिने
– सरकारलाई असफल पार्ने
– सरकारले गरेका कामहरु ओझेलमा पार्ने
– सरकारका उपलब्धीहरु ओझेलमा पार्ने
– नकारात्मक ढंगले जुनसुकै कुरा पनि चित्रण गर्ने

यस्ता प्रवृत्तिहरुको सिकार हुनुपरेको खुलस्त पार्दै ओलीले भन्नुभयो– ‘बाहिरबाट मात्र नभएर आफ्नो भित्रबाट समेत सिकार हुनुपर्यो । ती सबैको सामना गर्दै हामीले गरेका कामले मुलुकमा समृद्धिको बलियो आधार सिर्जना गरेको छ ।’



प्रतिक्रिया दिनुहोस !