५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट विदा लिँदैछु-केपी ओली

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०९:४३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि परमादेश शेरबहादुर देउवाको पक्षमा भएको बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले । जनताको जनादेश त मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा भयो । त्यसकारण सर्वाेच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट विदा लिँदैछु ।’

सरकारबाट बाहिरिनुपरेकोमा आफूलाई रत्तिभर चिन्ता नभएको भन्दै उहाँले भन्नुभयो– ‘यसकारण पनि चिन्ता छैन कि मैले देश र जनताका लागि सम्पूर्ण निष्ठा र इमानदारीका साथ देशको समृद्धि, सुशासन, विकासलाई ध्यानमा राखेर काम गरे । जनतालाई सेवा सुविधा पुराउने कुरालाई ध्यानमा राखेर सम्पूर्ण इमानदारीसाथ काम गरेको छु ।’

‘विकासका निम्ति नयाँ नयाँ भिजनहरु दिएर, विकासको गतिलाई असाधारण र अभूतपूर्व ढंगले अगाडि बढाएको छु’– सरकार छाड्न लाग्ने बेलामा प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रुपान्तरण अनुभूत गरेको छ । जनताले राहत महशुस गरेका छन् । त्यसकारण मलाई आफ्नो कामप्रति खुसी छ र म ढुक्क छु ।’

‘मैले चिन्ता गर्नुपर्ने कुनै कारण छैन’– उहाँले भन्नुभयो– ‘चिन्ता त कुनै व्यक्तिसँग प्रतिशोध साँध्न या कुनै व्यक्तिका आकांक्षा परिपूर्ति गर्न मुलुकको लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र दलीय प्रणालीमाथि जस्तो खेलाची हुँदैछ, त्यसप्रति हो ।’



प्रतिक्रिया दिनुहोस !