५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्चको फैसलाले राज्यका तीन अंग बीचको सन्तुलन खल्बलियाे-प्रम ओली

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०९:१४


काठमाडौं । सर्वाेच्च अदालतको फैसलाका कतिपय प्रावधान र त्यसमा प्रयुक्त भाषा शैलीले लोकतन्त्रमा विश्वास राख्ने सबैलाई चिन्तित बनाएको विचार प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै सर्वाेच्चको फैसलासँगै राज्यका तीन अंग बीचको सन्तुलन खल्बलिन पुगेको उहाँले बताउनुभयो ।

क्षणिक रुपमा फैसलाले कसैलाई हर्षित तुल्याउला, विजेताको भाव पनि हुर्काउला तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अस्थायी हुने उहाँले बताउनुभयो ।

विगतमा पनि विजय उन्माद देखेको बताउँदै उहाँले भन्नुभयो– ‘कालान्तरमा ती खुसीहरु लोकतन्त्र गुम्दाको पीडामा परिणत भएको निकट अतितको यथार्थलाई बिर्सन सकेका छैनौं ।’

मनमोहन अधिकारीको सरकारको प्रसंग उठाउँदै ओलीले भन्नुभयो– ‘०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकार अपदस्त गरियो । त्यसले गम्भीर दुष्परिणाम ल्याउँछ मैले भनेको थिएँ । त्यसपछि त्यस्तै भयो ।’

राज्यका मुख्य अंगहरुबीचको सन्तुलत खल्बलिएर लोकतन्त्रको संरचना नै क्षतिग्रस्त होला भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !