५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चाेलेन्द्र जी जहानीय राणा शासनकाे युग सकियाे-महेश बस्नेत

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार १०:३९


काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वाेच्चकाे फैसला अमान्य रहेकाे बताउनु भएकाे छ ।

नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडाैंकाे माइतीघर मण्डलामा गरेकाे साेमबार दिउँसाे गरेकाे कार्यक्रममा नेता बस्नेतले साे कुरा बताउनु भएकाे हाे । सर्वाेच्च अदालतले साेमबार प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे छ । त्यस लगत्तै साे फैसलाकाे विराेध सुरु भएकाे छ ।

संविधानका कुनैपनि धाराले सर्वाेच्च अदालतलाई प्रधानमन्त्री चुन्ने अधिकार नदिएकाे नेता बस्नेतले बताउनुभयाे । सर्वाेच्चकाे फैसलाले नेपालकाे राजनीति फेरि द्धन्दमा फस्ने तथा विकृति र विसंगतीमा फस्ने महेशले बताउनुभयाे । नेकपा एमालेका २३ सांसद्काे सहयाेगमा निरंकुशतावादीले आफू अनुकूल फैसला गर्ने दुस्साहस गरेका महेशकाे आराेप छ ।

सर्वाेच्चकाे फैसलाबाट मात्तिएर आउनेहरुसँग सचेत रहन पनि नेता बस्नेतले युवा संघलाई आग्रह गर्नुभयाे । सर्वाेच्चले कार्यपालिका, व्यवस्थापिका र राष्ट्रपति र संवैधानिक निकायकाे अधिकार उपयाेग गर्न खाेजेकाे पनि महेशले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘चाेलेन्द्र जी जहानीय राणा शासनकाे युग सकियाे, थर राणा हाेला तपाईंमा देखिएकाे याे जहानिय शैली नेपाली जनताले सहन सक्दैनन् ।’

संवैधानिक इजलासमा आफूहरुलाई पहिलेदेखि शंका लागेकाे भन्दै बस्नेतले भन्नुभयाे – ‘ शम्भु थापा र रमन श्रेष्ठले फैसला गर्ने दिन आयाे, याे फैसला थापा र श्रेष्ठकाे इजलासले गरेकाे फैसला हाे प्रधानन्यायाधीशले गरेकाे फैसला हाेइन ।’



प्रतिक्रिया दिनुहोस !