३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सेनाको टाेली मेलम्चीमा, दुई युवाकाे उद्धार

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०४:३१


काठमाडाैं । नेपाली सेनाले सिन्धुपाल्चाेककाे मेलम्ची नदीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धार थालेको छ ।

हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली बुधवार बिहानै घटनास्थल पुगेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले  जानकारी दिनुभयाे । बाढीका कारण घर डुबेर छतमा अड्केकाकाे दुई जना युवाकाे सेनाले हेलिकाेप्टरमार्फत उद्धार गरेकाे हाे ।

सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार उनीहरु हाेटलमा बाढी पसेपछि मंगलबार साँझदेखि हाेटलकाे छतमा अड्केका थिए ।

चौतारा र काभ्रेको धुलिखेलबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली पनि मेलम्ची पुगेर उद्धार गरिरहेकाे प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयाे । भीषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार पूरै डुबानमा परेको छ ।

अहिलेसम्म एक जनाकाे शव भेटिएकाे प्रजिअ पाेखरेलले बताउनुभयाे । इन्द्रावती नदी किनारमा एक पुरुषकाे शव फेला परेकाे उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !