३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेलम्चीमा बाढी,तस्विरमा हेर्नुस्

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ०२:२८


काठमाडाैं । लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

मेलम्ची, इन्द्रावती र ब्रम्हायणीलगायत नदीमा मंगलबार साँझ आएको बाढीले  घर, पुललगायत संरचनामा ठूलाे क्षति पुर्‍याएको छ । बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ ।

केही ठाउँमा ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । मेलम्ची खानेपानीको मुहानभन्दा केही माथि हेलम्बु-१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

हेलम्बुको तिम्बु बजारका केही घरहरु पनि बाढीले बगाएकाे प्रहरीले जनाएकाे छ । त्यहाँ केही मानिसहरु वेपत्ता भएकाे प्रहरीकाे शंका छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पसेकाे छ । ती क्षेत्रमा रहेका घरहरु डुबानमा परेका छन् । नदी आसपासका घरहरु लेदाेसहितकाे बाढीले पुरिएका छन् ।

हेर्नुस् तरस्विर:-



प्रतिक्रिया दिनुहोस !