३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्च अदालतकाे सेवा आजदेखि विस्तार

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार १०:३६


काठमाडाैं । सर्वाेच्च अदालतले आजदेखि सेवा विस्तार गरेको छ ।

कोभिड-१९ संक्रमण जाेखिम र निषेधाज्ञाका कारण यसअघि कटाैती गरिएका केही सेवा सर्वाेच्चले पुन: सुचारु गरेकाे हाे । सोमबार बसेको पूर्ण बैठकले वैशाख दोस्रो साताबाट रोकिएका थप सेवा पुन: सुचारु गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार आजदेखि सर्वाेच्चबाट सम्पादित हुने कामकारबाही र सेवा थपिएकाे विज्ञप्तिमा उल्लेख छ ।

कोभिड-१९ संक्रमण जाेखिम बढेपछि अदालतबाट दिइँदै आइएका सेवा यसअघि सर्वाेच्चले कटाैती गरेकाे थियाे । सर्वाेच्चले वैशाख १५ देखि जरुरी महत्वका विषय मात्र हेरेर बाँकी सेवा कटौती गरेकाे थियाे । थप भएका सेवाहरु सीमित संख्यामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार नेपाल सरकार निवेदक भएकाे दाेहाेर्‍याइ हेरि पाउँ भन्ने निवेदनहरुकाे दर्ता र सुनुवाइकाे काम हुनेछ । मुलुकी फाैजदारी कार्यविधि संहिता २०१४ काे दफा ७३ काे नम्बर बमाेजिमका थुनुवाका निवेदन-प्रतिवेदनहरुकाे दर्ता र सुनुवाइकाे काम पनि हुनेछ ।



प्रतिक्रिया दिनुहोस !