६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ शैक्षिक सत्र आजदेखि  सुरु

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०५:१२


काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि  देशभर सुरु भएको छ ।

काेभिड-१९ संक्रमणकाे जोखिमका कारण २ महिला ढिलाेगरी नयाँ शैक्षिक सत्र सुरु हुने लागेको हो । काेभिडका कारण गत वर्षदेखि पनि नयाँ शैक्षिक सत्र ढिला सुरु भएकाे थियाे । आजदेखि देशभर  कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो । नयाँ शैक्षिक सत्र सुरु भएपनि भाैतिक उपस्थितिमा पठनपाठन भने हुने छैन ।

कोभिडकाे उच्च जाेखिम कायमै रहेकाले भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हाे । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ थाल्नुपर्नेछ ।

असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्नेछ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन थाल्नुपर्नेछ । पाठ्यपुस्तक किन्न सहज हाेस् भने निषेधाज्ञाबीच पनि स्थानीय प्रशासनले आजदेखि पुस्तक पसलहरु बिहान ११ बजेसम्म खाेल्न पाइने निर्णय गरिसकेकाे छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार यस शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

कक्षा ११ को पठनपाठन भने २ महिनापछि अर्थात भदौ १ बाट मात्र सुरु हुनेछ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्यांकन नतिजा असार २० भित्र बुझाउन विद्यालयहरुलाई राष्ट्रिय परीक्षा बाेर्डले निर्देशन दिइसकेकाे छ । त्यसपछि साउन दोस्रो सातासम्म एसईईकाे अन्तिम नतिजा प्रकाशित गर्ने बाेर्डकाे तयारी छ । त्यसपछि भदौबाट नयाँ कक्षा सुरु हुनेछ ।

कोभिड संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने छ । काेभिड महामारीका कारण अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि व्यापक प्रभाव परेकाे छ । यद्यपि वैकल्पिक विधिबाट पठनपाठनकाे व्यवस्था मिलाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !