२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीलाई मार्ने धम्की दिएका नरोत्तमलाई तत्काल पक्रेर मुद्दा चलाउ – आनन्द पाेखरेल

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०३:५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिने कांग्रेस सांसद् नरोत्तम वैद्यलाई पक्रेर मुद्दा चलाउन एमाले वाग्मती प्रदेशले माग गरेकाे छ ।

एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वैद्यलाई प्रदेश सभाबाट तत्काल निलम्बन गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलाउन माग गर्नुभएकाे हाे । नराेत्तमले लहडमा बोलेको नभइ गम्भीर षडयन्त्र हुन सक्ने भन्दै पाेखरेलले शक्तिशाली आयोग गठन गर्न पनि माग गर्नुभएकाे छ ।

‘विषय सामान्य होइन व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीरै षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषीहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु’ – पाेखरेलले फेसबुकमा लेख्नुभएकाे छ । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन पनि पाेखरेलले माग गर्नुभएकाे छ ।

केपी ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताले भौतिक रुपमा सफ़ाइ गर्न सक्ने सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गर्दै पाेखरेलले यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको पनि लेख्नुभएकाे छ ।

शुक्रबार बसेकाे वाग्मती प्रदेश सभा बैठकमा नराेत्तमले प्रधानमन्त्री ओली विरुद्ध काेही नाथुराम गाेड्से बन्न तयार छैन भने मै बन्दिन्छु भन्ने असंवेदनशील अभिव्यक्ति दिनुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !