२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपालले भ्याक्सिन स्वयंमसेवक परिचालन गर्ने

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०८:३३


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले भ्याक्सिन स्वयंमसेवक परिचालन गर्ने भएको छ ।

सरकारले हाल उपलब्ध गराएको कोभिड १९ खोपलाई सबै नागरिक कहाँ पुर्याउन युवा संघले आफ्नो तर्फबाट भ्याक्सिन स्वयंमसेवक परिचालित गर्ने भएको हो ।

आज राष्ट्रिय युवा संघका अध्यक्ष किरण पैडेलले एक विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्तालाई साे निर्देशन दिनुभएको छ ।

अहिले आम जनताको प्रमुख माग र सरोकारको रुपमा रहेको कोभिड–१९ खोपसेवालाई अझ सहज र प्रभावकारी बनाउन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा भ्याक्सिन स्वंयम सेवक परिचालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय युवा संघले आफ्ना मातहत कमिटिमा यी  विभिन्न निर्देशन जारी गरेको छ ।

१ ) प्रत्येक टोल तह सम्मका नागरिकहरु जस्ले प्रि–आवेदन दर्ता गरेका छैनन उनिहरुको विवरणसकलन गरि खोप केन्द्रसम्म पुर्याउने तथा अनलाइन आवेदन दर्ता गराउने ।

२ )स्थानिय जनप्रतिनिधी तथा स्वास्थ्य प्रतिनिधिसग समन्वय गरि जनसरोकारका विषयहरुको सम्बोधन गर्न पहल गर्ने ।

३ ) बुद्ध–बुद्धा,अशक्त,अपांग,असहायहरुलाई यातायातको व्यवस्थापन सहित सुरक्षित तबरले खोपकेन्द्रमा लाने–ल्याउने ।

४) खोप सेवामा क्रियाशील चिकित्सक स्वास्थ्यकर्मी लगायतलाई चिया खाना, खाजा आदिका लागिआवश्यक सहयोग गर्ने ।

५) खोपकेन्द्रमा लामबद्ध नागरिकले सहज,सरल तरिकाले खोप लगाउन पाउने प्रबन्ध मिलाउने
साथै खानेपानी–शौचालय आदिको व्यवस्थापन गर्ने ।

६) खोपकेन्द्र खोप तालिका लगायतका जानकारीमुलक सन्देश प्रवाह गर्ने ।

७) यस अलावा खोप केन्द्र तथा मैदानमा आइपर्ने सबै किसिमका स्वयमसेबी भूमिकाका निम्ती
कृयाशिल रहने ।

८) सरकारको स्वास्था सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने र गराउने ।

 



प्रतिक्रिया दिनुहोस !