६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निकालियाे ३५ किलोको ट्युमर

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार १५:०२


भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ ।  एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहनुभएको जानकारी दिनुभयो  । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।

यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ ।  आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा     आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।

बिरामीका आफन्तले शल्यक्रिया शुल्क ३० हजार रुपैयाँ सहित करिब ७० हजार रुपैयाँ तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !