६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीद्धारा दमकका दुई विद्यालय भवनकाे शिलान्यास

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार १३:४४


दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकामा रहेका दुई सामुदायिक विद्यालय भवनको शिलान्यास गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले साेमबार दमक-२ स्थित हिमालय मावि र दमक-३ स्थित ढुकुरपानी माविको नयाँ बन्ने भवन भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएकाे हाे । सकेसम्म चाँडाे विद्यालय भवन निर्माण सम्पन्न गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयाे । नेपालकाे शिक्षा क्षेत्रमा दुबै विद्यालयकाे महत्वपूर्ण याेगदान रहेकाे भन्दै उहाँले प्रशंसा समेत गर्नुभयाे ।

दमकका नगरप्रमुख रोमनाथ ओलीका अनुसार दुबै विद्यालयका भवन १ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएकाे छ । दुबै विद्यालयको भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । भवनका लागि संघीय सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

काेभिड विरुद्ध लड्दै सरकारले विकास निर्माणका काम अगाडि बढाएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । प्रधानमन्त्री ओलीले निकट भविष्यमा सबै जनतालाई काेभिड विरुद्धकाे खाेप लगाउने उद्देश्यसाथ काम गरिरहेकाे उहाँले बताउनुभयाे । काेभिड खाेप ल्याउनका लागि सरकारले तीब्र रुपमा काम अगाडि बढाएकाे उहाँले बताउनुभयाे ।

छिमेकी देशले पनि काेभिड खाेपका लागि खुला मनले सहयाेग गरेका भन्दै उहाँले धन्यवाद दिनुभयाे । काेभिडलाई पराजित गर्न अनुशासनमा बस्नुपर्ने उहाँले बताउनुभयाे । अहिले हरेक ठाउँमा अनुशासनकाे अभाव खड्किएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । काेभिडलाई साझा लडाईंकाे रुपमा नलिएर टिका टिप्पणीकाे माध्यम बनाउने प्रयास देखिएकाे भन्दै उहाँले याे कुरा सबै नेपाली जनताले बुझेका बताउनुभयाे ।

यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको नयाँ बन्ने भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !