६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दमकमा जेठ २६ र २७ गते खाेप लगाइने

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार १३:२५


दकम । झापाकाे दमक नगरपालिकामा जेठ २६ देखि काेभिड विरुद्धकाे भेराेसेल खाेप लगाइने भएकाे छ ।

जेठ २६ गतेबाट ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई भेराेसेल खाेपकाे लगाइने दमक नगरपालिकाले साेमबार सूचना निकालेर जानकारी दिएकाे हाे । जेठ २६ गते खाेप लगाउन छुटेकालाई जेठ २७ गते पनि खाेप लगाइने सूचनामा उल्लेख छ । त्यस्तै जिल्ला बाहिर भेराेसेलकाे पहिलाे डाेज लगाएकालाई पनि जेठ गते दाेस्राे डाेज खाेप दिइने नगरपालिकाले जनाएकेा छ ।

ताेकिएकाे दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खाेप लगाइने छ । खाेप लगाउनका लागि दमक नगरकार्यपालिकाका कार्यालयलाई खाेप केन्द्र ताेकिएकाे छ । उमेर र परिचय खुल्ने कागजात बाेकेर खाेप लगाउन आउन नगरपालिकाले अनुराेध गरेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !