६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकता-  स्वास्थ्य मन्त्री

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार १०:३६


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।

मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । मन्त्री तामाङले मेरो आज नै अन्तिम दिन हो भन्ने कुरा मनमा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे । उहाँले भन्नुभयाे – ‘भरे गरौंला, भोलि गरौंला भनेर राख्दिन, आज नै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु ।’

निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न उहाँले आम नागरिकलाई अपिल गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !