२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गेहेन्द्र राजभण्डारी बेल्जियमका लागि नेपाली राजदुत नियुक्त

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १०:५१


काठमाडौं । बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त हुनुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । राष्ट्रपति भण्डारीले संविधानको २८२ को उपधारा ( १) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएकाे हाे ।

राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !