१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दरबार हत्याकाण्ड २० वर्ष पूरा

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०६:५२


काठमाडाैं । आज जेठ १९ अर्थात तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको दिन ।

जेठ १९ को त्यो कहालीलाग्दो रात दरबार हत्याकाण्डका रुपमा चर्चित छ । ०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । साे हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो ।

वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उहाँका माइला भाइ ज्ञानेन्द्र शाह राजा बन्नुभयाे । नेपालको इतिहासमा उहाँ नै अन्तिम राजा बन्नुभयाे । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै छ । हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई सरकारले संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरेको छ ।



प्रतिक्रिया दिनुहोस !