५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकाका प्रजिअ बैठक बस्दै, निषेधाज्ञाबारे थप निर्णय हुने

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार ०८:०५


काठमाडौं । काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठक आज बस्दैछ ।

उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्न लागेकाे हाे । दिउँसाे ३ बजे बस्ने बैठकमा जारी निषेधाज्ञाकाे समीक्षा र पुन थप्ने-नथप्ने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सनराइज खबरलाई जानकारी दिनुभयाे ।

निषेधाज्ञा केही खुकुलो हुने सक्ने सम्भावना रहेपनि बैठक नबस्दै केही भन्न नसकिने उहाँले बताउनुभयाे । उपत्यकामा पछिल्लाे पटक थपिएकाे निषेधाज्ञाकाे समय जेठ २० मा सकिँदैछ । किराना पसल र डिपार्टमेन्ट पूर्ण रुपमा बन्दै गर्दै जेठ १४ गतेदेखि निषेधाज्ञालाई थप कडा पारिएकाे थियाे ।

संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू छ । सुरुमा एक साताका लागि लागू भएको निषेधाज्ञा वैशाख २२ गते फेरि एक साता थपिएको थियो । वैशाख ३० गते फेरि दुई साता थपिएको थियो । जेठ ११ मा फेरि एक साता थपिएकाे थियाे ।

 



प्रतिक्रिया दिनुहोस !