१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमितलाई घर घरमा सेवा दिँदै स्वास्थ्यकर्मी

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०४:५६


काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाका स्वास्थ्यकर्मीले कोभिड संक्रमितलाई घर घरमा सेवा दिने गरेका छन् ।

संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य सामाग्री तथा औषधी वितरणको काममा स्वास्थ्यकर्मी लागेका छन् । औषधी वितरण गर्दा स्वास्थ्यकर्मीले संक्रमितलाई स्वास्थ्य र मनोसामाजिक परामर्श समेत दिने गरेका छन् ।

स्वास्थ्यकर्मीसँग जनप्रतिनिधि समेत गएर आइसोलेसनमा बसेका संक्रमितलाई मनोबल बढाउने काम गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो ।

संक्रमितलाई सिटामोल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, जीवनजल, पेन्टोप्राजोल, लिभोसेट्रीजिन लगायतका औषधी दिने गरिएको उहाँले बताउनुभयो । नगरपालिकाका सम्बन्धित वडाका स्वास्थ्यकर्मीको नियमित निगरानीमा होम आइसोलेसनमा बसेका संक्रमितको उपचार भइरहेको छ ।

अवस्था सामान्य रहेका संक्रमितले घरमा नै स्वास्थ्य लाभ गर्ने गरेका छन् । लक्षण सहितको समस्या देखिएका संक्रमितलाई भने नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पताल रामेछापमा ल्याई उपचार गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !