१ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पोष्ट कोभिड ओपिडी सेवा सुरु

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०४:३२


कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ संक्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा संचालन भएको छ ।

कोभिड मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा संचालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारीका लागि सूचनामार्फत अनुरोध गरिएको अस्पतालका मेसु डा. हेमराज पाण्डेयले जानकारी दिनुभयो ।

ओपिडी सेवा शनिबार बाहेक बिहान १० बजेदेखि १२ बजेसम्म संचालन हुने जनाइएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !