५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अबकाे चुनावले राजनीतिक निकास दिन्छ-प्रम ओली

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ११:२९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर चुनावकाे घाेषणा गरिएकाे बताउनु भएकाे छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्वका लागि ताजा जनादेश अपरिहार्य भएकाे बताउनुभयाे । प्रधानमन्त्री ओलीले चुनावका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयाे । निर्वाचन स्वच्छ र निष्पक्ष हुने कुरामा आफूले बारम्बार जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ, मनमा कुनै आशंका छन् भने फेरि भन्न्छु, निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुस् ।’

ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै उहाँले अबकाे चुनावले राजनीतिक निकास दिने बताउनुभयाे । ‘जनतालाई दलहरुले मूल्यांकनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो, निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु हो ।’

सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गर्नुभएको उहाँले बताउनुभयाे । प्रतिनिधि सभा पुरै अवधि चलोस् भनेर आफूले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले बताउनुभयाे ।  प्रतिनिधि सभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने उहाँकाे भनाइ छ ।

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको प्रधानमन्त्रीले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !