३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेशसभासद पहारी संक्रमितलाई खानाको प्रबन्ध गर्दै

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १६:०५


पोखरा । तीन दिन अघि मात्रै कोभिड संक्रमणबाट मुक्त  गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी यतिबेला अन्य संक्रमितको हेरचाह र सेवामा जुट्नुभएको छ ।

उहाँ अहिले संक्रमितका लागि एम्बुलेन्सको व्यवस्थापन र भोजन व्यवस्थापनमा जुट्नुभएको हो ।

पोखरा महानगरपालिका–३० स्थित  गण्डकी प्रदेश सरकारले संचालन गरेको संक्रमक तथा सरुवा रोग अस्पतालमा पुगेर प्रदेश सांसद पहारीले अस्पतालमा उपचारत ६० जना संक्रमित र १० जना स्वास्थ्यकर्मी गरी ७० जनालाई १० दिनका लागि खाना र खाजाको व्यबस्थापन गर्नुभएको  छ ।

‘अहिलेको महामारीमा बिरामीलाई आवश्यक उपचार, सकारात्मक उत्प्रेरणा र पौष्टिक खानाको आवश्यक छ । त्यसैले सहयोगमा जुटेको हुँ ।’ प्रदेश सांसद पहारीले भन्नुभयो । म आफै पनि निकै कष्टकर रुपमा यस कोभिडसँग लडेको हुँ, मलाई थाहा कति गाह्रो हुन्छ  ।’ पहारीले भन्नुभयो । उहाँले महामारीविरुद्ध सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गरेर संक्रमितलाई सकारात्मक ऊर्जा प्रदान गर्न आग्रह गर्नुभयो ।

अहिलेको मुख्य काम जनताको जिऊ ज्यानको रक्षा भएको जनाउँदै पहारीले आर्थिक वर्ष २०७७-७८ को खर्च हुने नसकेको  विकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताउनुभयो । उहाँले ज्यान रहे विकास गर्न सकिने भएकाले राज्यका सबै संयन्त्र अहिले कोभिड नियन्त्रणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

पहारीका अनुसार सो अभियानमा  खाना खाजा  व्यवस्थापन  नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भीष्मराज पौडेल र जर्जियाका लागि नेपालका पर्यटकीय सद्भावना दूत दिपक पहारीले सघाउनुहुनेछ ।

– रासस



प्रतिक्रिया दिनुहोस !