३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सदनकाे बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १३:१५


काठमाडौं । सरकारले सदनकाे बर्खे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले  जेठ ९ गतेका लागि संघीय संसद्काे बर्खे अधिवेशन बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सदनकाे अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय पनि बैठकले गरेको छ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को अनुसार नयाँ सरकार गठनकाे प्रक्रिया सुरु हुन्छ ।



प्रतिक्रिया दिनुहोस !