३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओली र बेलायती राजदूतबीच भेटवार्ता, नेपाललाई काेभिड खाेप दिन अनुराेध

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०८:३१


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच बिहीबार दिउँसाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा शिष्टाचार भेटवार्ता भएकाे प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । प्रधानमन्त्री ओली र राजदूत निकाेलाबीचकाे भेटवार्ता काेभिड-१९ विरूद्धकाे लडाईंमा आपसी सहयाेग आदानप्रदान गर्ने विषयमा केन्द्रित रहेकाे थापाकाे भनाइ छ ।

बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्री ओलीले राजदूत निकाेलामार्फत बेलायत सरकारलाई धन्यवाद दिनुभएकाे थियाे । भेटमा प्रधानमन्त्री ‌ओलीले नेपाली जनताका लागि काेभिड-१९ विरुद्धकाे अष्ट्राजेनिका खाेप उपलब्ध गराउन समेत राजदूत निकाेलासँग अनुराेध गर्नुभएकाे थियाे ।

अष्ट्राजेनिका खाेप बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको खाेप हाे ।

 



प्रतिक्रिया दिनुहोस !