१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृह मन्त्रीलाई संसदमा बोल्नबाट रोकेका छैनौँ, कांग्रेस कसैको धम्कीले डराउँदैन : डा.कोइराला

प्रकाशित मिति :  ३ जेष्ठ २०८१, बिहीबार १२:४२


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसले गृह मन्त्रीको राजीनामा पनि नमागेको र प्रतिनिधि सभाको रोस्टरमा बोल्नबाट रोक पनि नलगाएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले बोल्न दिन्छौँ भन्दा गृहमन्त्री स्वयम् र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको बताउनुभयो । ‘हामीले बोल्न नदिने भनेर भनेका छैनौँ, यो क्लियर हुनुपर्‍यो, हामीहरूले के भनेका छौँ भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ, बेल्नुहुन्छ, बोल्न पाउनु हुन्छ, बोल्नुस्, हामीहरूलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौँ फेरी भन्दादखेरी न गृहमन्त्रीले त्यसलाई स्विकार्नु भएको छ, न एमालेले त्यसलाई स्वीकारेको छ’, उहाँले भन्नुभयो ।

गृह मन्त्री रवि लामिछानेलाई कांग्रेसले बोल्नै नदिएको भन्ने गलत हल्ला फिँजाइएको उहाँले बताउनुभयो । कोइरालाले सहरकारीको रकम अपचलनमा मुछिएका लामिछानेलाई आफूहरूले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेका दाबी गर्नुभयो ।

कोइरालाले अहिले देशको राजनीतिक परिस्थित अति जटिल अवस्थाबाट अघि बढिरहेको बताउनुभयो । ‘भोलि के हुन्छ, हामी भन्न सक्ने अवस्थामा छैनौँ अहिले, त्यस्तो अवस्थाबाट नेपाल राजनीति गइरहेको छ’, कोइरालाले भन्नुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा संसद् अवरुद्ध गर्नु हुन्छ कि हुँदैन भन्ने प्रश्न आफ्नै ठाउँमा रहेको बताउँदै संसद् अवरुद्ध गर्दा आफूहरूले रवि लामिछानेको राजीनामा पनि नमागेको कोइरालाले बताउनुभयो । ‘ हामीले के भनेका छौँ भने छानबिन समिति बनाउनुस्’, उहाँले भन्नुभयो ।

गृह मन्त्रीको नाम विभिन्न सहकारीबाट आएकोले उहाँले नै गृह मन्त्री भएको नाताले अनुसन्धान प्रभावित हुन्छ भन्ने धारणा नेपाली कांग्रेसको रहेको उहाँले बताउनुभयो । तर यो कुरा सत्ता पक्षका दल स्विकार्न तयार नरहेका उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस विरुद्ध धम्कीको भाषा आएको भन्दै त्यसबाट कांग्रेस नडराउने बताउनुभयो । राजाले धम्की दिँदा त नडराएको कांग्रेस कसैको धम्कीको भरमा नडराउने कोइरालाले प्रष्ट पार्नुभयो । ‘ कुनै राजनीतिक दलको धम्कीबाट हामी डराउँदैनौँ’ कोइरालाले भन्नुभयो ।

उहाँले यो संविधान खराब भन्ने कुरा नभई यथास्थितिमा यो संविधान नचल्ने बताउनुभयो । त्यसैले संविधानलाई परिमार्जन गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘संविधान संशोधन नगरी यो देश अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । अहिलेको निर्वाचन प्रणाली जो छ, यसले अस्थिरता निम्त्याई राखेको छ’, कोइरालाले भन्नुभयो ।

अहिले देशमा को प्रधानमन्त्री बन्ने भन्ने मात्र देखिएको उहाँले बताउनुभयो । के का लागि प्रधानमन्त्री बन्ने भन्ने कुरा स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक स्थिरता बिना देशको विकास र समृद्धि अघि नबढ्ने उहाँले बताउनुभयो । त्यसैले संविधानलाई संशोधन गर्न आवश्यक रहेको कोइरालाले प्रष्ट पार्नुभयो ।

कोइरालले अहिले सबैभन्दा डर एमाले संसद् विगठन गराउने तर्फ उद्त रहेको उहाँले आरोप लगाउनुभयो । त्यसैले संसद् जोगाउन डेमोक्रायटहरु लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले जसपा फुटको नभई फुटाइएको बताउनुभयो । संसद् विगठनको दिशामा अघि बढ्नकै लागि जसपा फुटाइएको उहाँको दाबी छ ।


565
Shares

प्रतिक्रिया दिनुहोस !