६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने ६ पक्राउ

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०५:०१


कञ्चनपुर। निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न ६ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ ।

पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा ६० हजार रुपैयाँ बराबरको सालको काठसहित ६ जनालाई पक्राउ गरेको हो ।

काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।यसैगरी सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको पाँच लाख ३४ हजार सात सय ८० रुपैयाँ बराबरको अवैध सामानसमेत बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !