६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना विरुद्दको भेरोसेल खोप लगाउन सुरु

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार १०:५१


काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड – १९ विरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा एक समारोह आयोजना गरेर खोप लगाउने अभियानको सुरुआत गरिएको हो ।

समारोहमा चिनियाँ राजदूत हाउ यान्छीको पनि उपस्थिति थियो ।

चीन सरकारले दिएको आठ लाख डोज खोप २३ वटा केन्द्रबाट लगाउन सुरु गरिएको हो । यो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष बीचका प्राध्यापकहरु, चीनमा छात्रवृत्तिमा पढेका नेपाली र व्यापारीहरुलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र रसुवा जिल्लाका २३ केन्द्रबाट खोप लगाउन थालिएको हो ।

विगतमा खोप लगाउन छुटेका अग्र पंतिmमा खटिने कर्मचारी, फलफुल तथा तरकारी विक्रेता तथा अन्य विभिन्न पेसा व्यवसायीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !