२९ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाऔं – दिव्यराज भण्डारी

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०८:१८


काठमाडौं । सांसद् दिव्यराज भण्डारीले कोरोनासंक्रमण रोकथामको तयारीबारे सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद् भण्डारीले संक्रमण फेरि फैलिन थालेकाले यसको रोकथामका भइरहेका पछिल्ला कामबारे  सर्वदलीय बैठक बोलाएर जानकारी दिनुपर्ने बताउनुभयो ।

कोरोना फेरि फैलँन नदिनका लागि भइरहेको पछिल्लो तयारीबारे जानकारी गराउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद् भण्डारीले छिमेकी देशमा कोरोना फेरि फैलिएकाले नेपालमा फैलन नदिन कस्तो तयारी हुँदैछ भन्ने जानकारी सरकारले गराउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमण बढ्ने जोखिम बढेको छ, पीसीआर परीक्षण कसरी हुँदैछ ? सरकारले आइसोलेशन, क्वारेन्टिनको व्यवस्था कसरी गर्दैछ ? खोप लगाउने काम कसरी हुँदैछ ?  सर्वदलीय बैठक बोलाएर यसको जानकारी दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !