६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बर्दियामा बाघको आक्रमणबाट एककाे ज्यान गयाे

प्रकाशित मिति :  ४ चैत्र २०७७, बुधबार १२:५६


बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएकाे  छ ।

बर्दियाकाे ठाकुरबाबा नगरपालिका-७ की ६२ बर्षीया महिलाकाे बाघकाे आक्रमणबाट ज्यान गएकाे प्रहरीले जनाएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जमा तीन जना महिला घाँस, दाउरा गर्न गएको बेला बाघले आक्रमण गर्दा  ती महिलाकाे ज्यान गएकाे प्रहरीले बताएकाे छ ।

अहिले नेपाल प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।  ज्यान जाने महिलाकाे सनाखत भने हुन सकेकाे छैन ।



प्रतिक्रिया दिनुहोस !