४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बम विस्फोटमा महिला र बालकको ज्यानगयाे

प्रकाशित मिति :  ४ चैत्र २०७७, बुधबार ०९:५८


काबुल । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकाे ज्यान गएकाे छ। साथै  अन्य १७ घाइते भएकाे मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भयाे।

आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए । यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य ६ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले बताउनु भएको छ ।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरूको हत्या जारी रहेको बताइएको छ ।

हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

यस घटनालाई राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !