६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अयाेध्यापुरीमा राखिने राम र सीताकाे मूर्ति तयार

प्रकाशित मिति :  २५ माघ २०७७, आईतवार ०८:०३


काठमाडाैं । रामजन्मभूमि कहलिएकाे चितवनकाे माडी नगरपालिकास्थित अयाेध्यापुरीमा राखिने राम र सीताकाे मूर्ति तयार भएकाे छ ।

माडीकाे अयोध्यापुरीमा निर्माण हुन लागेको अयोध्याधाममा राख्न कालीगढले तयार पारेको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको छ । लक्ष्मण र हनुमानको मूर्ति तयार हुन बाँकी छ । ती मुर्ति पनि तयार भएपछि ०७८ सालकाे रामनवमीमाे अवसरमा अयाेध्यापुरीकाे अयाेध्याधाममा प्राण प्रतिष्ठा गरेर राखिनेछ ।

माघ १७ गते नेकपा चितवनले गरेकाे जनसभामा प्रधामनमन्त्री ओलीले राम र सीताकाे मूर्ति तयार भएकाे जानकारी गराउनु भएकाे थियाे । आफू स्वयम् आएर ती मूर्तिकाे प्राण प्रतिष्ठा गर्ने उद्घाेष उहाँले गर्नुभएकाे थियाे ।

गत वर्षकाे असारमा प्रधानमन्त्री ओलीले राम जन्मभूमि नेपालकै चितवन र ठाेरी आसपासमा हुन सक्ने घाेषणा गर्नुभएकाे थियाे । त्यसपछि त्यसकाे अनुसन्धान भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !